सँगै रहेका काखे बच्चा र श्रीमान हराए, एक महिलाको मनै रूवाउने बयान

काठमाण्डु– म बंगलादेशी हुँ । मेरो घर ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरुले पनि मेरो सामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ । परिवारसँग नेपाल घुम्ने सल्लाह भयो ।

 

अरु साथीहरुसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोश्रो साता । नेपाल आउने चाहना राख्ने त अरु पनि थिए । तर, उनीहरुको समय मिलेन । अन्तिममा म, मेरो बच्चा र श्रीमानसहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौं । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौं ।

 

नेपालमा काठमाण्डु र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौं । नेपाल आउन पाउँदा निकै उत्साहित थियौं । जहाजमा चढेपछि कतिबेला नेपाल पुगिएला भन्ने कौतुहलता मनमा थियो । केही घण्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निका रोमाञ्चित भएर त्यसलाई नियालीरह्यौं ।

आगो दन्कँदै झन्–झ्न नजिक आउन थाल्यो । डरले म सिटमै बसिरहें । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसबेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो मैले केही मेसो पाउन सकेकी छैन । अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधें । तर, कसैले पनि उत्तर दिएका छैनन् ।

सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरु कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु ।जहाजभित्र काठमाण्डु आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौं । जहाज अवतरण गर्न तलतल झ¥यो । काठमाण्डुका घर देखिए । पछि विमानस्थलको ‘रन वे’ देखियो ।

 

तर, जहाज रन वे तर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केहीबेरपछि फेरि रन वे देखियो । तर, जहाज सही दिशामा थिएन । जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन ।

 

सिट बेल्ट बाँधिएकाले कोही हिंडडुल गर्न सकिरहेको थिएन । तर, सबै चिच्याइरहेका थिए । केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्कियो । जाहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । केही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान र काखमा थियो सानो बच्चा ।

 

सिट बेल्ट बाँधिएकाले हामी कहीं जान सकिरहेका थिएनौं । तर, अरुले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमरजेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे । हामी भने केही गर्न सकिरहेका थिएनौं । तर, जहाज झन्–झ्न् दन्कँदै थियो । बच्चा काखमा च्यापिरहेकी थिएँ ।
(नयाँ पत्रिकामा प्रकाशित बंगाल विमान दुर्घटनामा घाइते भएकी बंगलादेशी महिला अल्मुन्नाहर अन्नीको बयान)

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*