नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार : बंगलादेशी प्रधानमन्त्री

काठमाडौँ । बांग्ला एयरको विमान दुर्घटनामा घाइतेको उपचारका लागि आपतकालीन सहयोग गर्न तयार रहेको बंगलादेशले जनाएको छ ।

मध्यरातमा एक भिडियो संदेश जारी गर्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले दुर्घटनामा घाइतेको उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो ।

यसैबीच प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशी समकक्षी हसिनासँग टेलिफोन सम्बाद गर्नुभएको छ । उहाँहरुबीच विमान दुर्घटनाबाट भएको मानवीय क्षतिको विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*