कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि सम्भावित झडप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रशासनका अनुसार शनिबार दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगञ्ज नगरपालिकाका विभिन्न क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको हो।

निषेधाज्ञाको क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म तोकिएको छ।

स्थानीय प्रशासनका अनुसार वडा नं. २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दू समुदायले दुर्गा माताको पूजा तथा भजनको आवाज चर्को बनाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। आवाज कम गर्ने विषयमा दुई पक्षबीच भनाभन बढ्दै जाँदा स्थिति तनावपूर्ण बनेको जनाइएको छ।

विवादका क्रममा मन्दिरमा तोडफोड भएको स्थानीयले बताएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

झडपमा एक बालकसहित हिन्दू र मुस्लिम समुदायका केही व्यक्ति तथा प्रहरीसमेत गरी ६ जना घाइते भएको जानकारी प्रशासनले दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय