काठमाडौँ, असोज २३। निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्स लिमिटेडले दसैँको समयमा काठमाडौँबाट बाहिरिने यात्रुहरूलाई राहत दिने उद्देश्यले महँगो हवाई टिकट बिक्रीमा रोक लगाएको छ।
दसैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढे पनि यात्रुलाई आर्थिक भार कम पार्न कम्पनीले उच्च दरका टिकट बिक्री नगर्ने निर्णय गरेको हो।
एयरलाइन्सले बिहीबार सूचना जारी गर्दै काठमाडौँबाट बाहिरिने उडानमा सबैभन्दा महँगो भाडादरका टिकट बिक्री बन्द गरेको जनाएको छ। यात्रुको माग उच्च रहे पनि कम्पनीले मध्यम भाडादरका टिकट मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यसैगरी, दसैँपछि काठमाडौँ फर्किने यात्रुको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले फर्किने उडानका लागि न्यून भाडादरका टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
चाडपर्वको समयमा हवाई यात्रुको चाप बढ्ने र एकतर्फी यात्रामा माग बढी हुने अवस्थालाई ध्यानमा राख्दै यती एयरलाइन्सले यस्तो निर्णय गरेको हो। यस कदमले दसैँ मनाउन काठमाडौँबाट आफ्नो गृहजिल्ला जाने यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
स्रोत: ICT Frame

