११ वैशाख, काठमाडौं । काठमाडौंका सुकुमवासीहरूले प्रदर्शन गर्दै सत्तारुढ रास्वपा कार्यालयतर्फ जाने तयारी गरेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको बाक्लो उपस्थिति राखिएको छ र स्थिति नियन्त्रणमा राख्न सुरक्षा सतर्कता बढाइएको छ ।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने प्रक्रिया अघि बढाएपछि प्रभावित समुदाय आन्दोलनमा उत्रिएको हो ।
थापाथली लगायतका क्षेत्रका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि विरोध प्रदर्शनमा सहभागी भएका छन् । वैकल्पिक व्यवस्था बिना नै बासस्थान खाली गराउन लागिएको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

