१६ वैशाख, बुटवल । रुपन्देहीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगर नजिक प्रतीक्षालयमा माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किएर दुई जनाले ज्यान गुमाएका छन् भने २७ जना घाइते भएका छन् ।
बुटवलबाट बर्दघाटतर्फ गइरहेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको ००ख ८९२८ नम्बरको बागमती प्रदेश ईभी माइक्रो भिड्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका दुई व्यक्तिहरूको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको प्रहरीको जानकारी छ। अन्य घाइतेहरूको पनि देवदह मेडिकल कलेजमा उपचार जारी छ।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार घटनामा मरेको व्यक्तिको नाम ठेगाना खुल्न बाकी छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय