काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने २ हजार १११ जना चालकहरूलाई कारबाही गरिएको छ । यस कारबाहीबाट राज्यकोषमा कुल रु ५ लाख ६५ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १८४ जना तथा ट्राफिक संकेत उल्लङ्घन गर्ने १०३ जनालाई कारबाही गरिएको छ । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने २२२ चालक पनि नियन्त्रणमा परेका छन् ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८६ जना तथा तोकिएको स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ४२ जनालाई पनि कारबाही गरिएको छ ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने सबैभन्दा ठूलो संख्यामा १ हजार १६० जनालाई छुट्टै कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न यस्ता नियमित अनुगमन तथा कारबाही अभियान निरन्तर सञ्चालन गरिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय