२० वैशाख, चितवन । निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सवारी आवागमनमा उल्लेखनीय अवरोध उत्पन्न भएको छ । तुइन खोला र पानीधारा क्षेत्र आसपास ढुङ्गासहितको पहिरो झरेपछि उक्त सडकखण्डमा यातायात आंशिक रूपमा प्रभावित बनेको हो ।

बिहान करिब ५ः४५ बजे पहिरो खसेसँगै सडक पूर्ण रूपमा अवरुद्ध हुनबाट जोगिए पनि हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार पहिरो हटाएर सडक खुलाउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको छ । पहिरो खसेको स्थान मुग्लिन बजारबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

यसैबीच, पानीधारा क्षेत्रमा सडकमा खसेका ढुङ्गा भने हटाइसकिएको प्रहरी निरीक्षक सिंहले बताएका छन्, जसले सो क्षेत्रमा यातायात सहज बनाउन सहयोग पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय