काठमाडौं । लोकप्रिय मेसेजिङ एप WhatsApp ले सन् २०२६ देखि लाखौँ पुराना स्मार्टफोनमा आफ्नो सेवा बन्द गर्ने भएको छ । Meta अन्तर्गत सञ्चालित ह्वाट्सएपले आफ्नो सिस्टम अपडेट नीति परिवर्तन गरेसँगै पुराना एन्ड्रोइड डिभाइसहरू प्रभावित हुने भएका हुन् ।

नयाँ अपडेटअनुसार आगामी सेप्टेम्बर ८ देखि Android ६.० भन्दा पुरानो संस्करण भएका स्मार्टफोनमा ह्वाट्सएप चल्नेछैन । यसको अर्थ एन्ड्रोइड ५.० र ५.१ संस्करणमा चलिरहेका फोनहरूमा ह्वाट्सएप पूर्ण रूपमा बन्द हुनेछ ।

कम्पनीले भने यो निर्णय अचानक नभएको स्पष्ट पारेको छ । ह्वाट्सएपले नियमित रूपमा पुराना डिभाइसहरूको सपोर्ट हटाउँदै आएको छ, ताकि प्रयोगकर्ताले नयाँ फिचर, तीव्र सेवा र उच्च सुरक्षा सुविधासहित एप प्रयोग गर्न सकून् । पुराना स्मार्टफोनहरूले नयाँ अपडेट सपोर्ट गर्न नसक्ने तथा त्यस्ता डिभाइसमा साइबर सुरक्षा जोखिम बढी हुने भएकाले यस्तो कदम चालिएको कम्पनीको भनाइ छ ।

यस परिवर्तनको प्रभाव विशेषगरी त्यस्ता देशहरूमा बढी पर्ने अनुमान गरिएको छ जहाँ प्रयोगकर्ताहरूले लामो समयसम्म पुराना स्मार्टफोन प्रयोग गर्ने गर्छन् । नयाँ अपडेटपछि प्रभावित प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग जारी राख्न नयाँ अपरेटिङ सिस्टम वा नयाँ स्मार्टफोन प्रयोग गर्नुपर्नेछ ।

काठमाडौं । WhatsApp को नयाँ नीति लागू भएसँगै विश्वभरका लाखौँ पुराना स्मार्टफोन प्रयोगकर्ताहरू प्रभावित हुने भएका छन् । विशेषगरी तेस्रो विश्व तथा विकासोन्मुख देशहरूमा अझै पनि ८ देखि १० वर्ष पुराना स्मार्टफोन प्रयोग भइरहेका कारण यसको असर बढी देखिने अनुमान गरिएको छ ।

रिपोर्टहरूका अनुसार विश्वभर अझै ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू पुराना Android संस्करणमै निर्भर छन् । तर आगामी सेप्टेम्बरदेखि एन्ड्रोइड ६.० भन्दा पुराना संस्करण भएका स्मार्टफोनमा ह्वाट्सएप पूर्ण रूपमा बन्द हुनेछ ।

ह्वाट्सएपले आफ्नो आधिकारिक पोर्टलमार्फत यसबारे जानकारी सार्वजनिक गरिसकेको छ । कम्पनीका अनुसार सन् २०२६ को सेप्टेम्बरदेखि एन्ड्रोइड ६ तथा त्यसभन्दा नयाँ संस्करण भएका फोनहरूमा मात्र ह्वाट्सएप सपोर्ट उपलब्ध हुनेछ ।

यसअघि नै Samsung Galaxy S4, Nexus 4 तथा LG G2 जस्ता पुराना मोडेलहरूमा ह्वाट्सएपको सपोर्ट बन्द भइसकेको छ ।

आगामी सेप्टेम्बरबाट सपोर्ट समाप्त हुने फोन प्रयोगकर्ताहरूलाई कम्पनीले नोटिफिकेशन पठाउन थालेको छ । ह्वाट्सएप खोल्दा देखिने डायलग बक्समा “तपाईंको डिभाइसमा ८ सेप्टेम्बरदेखि ह्वाट्सएपले काम गर्न बन्द गर्नेछ” भन्ने चेतावनी देखिन थालेको प्रयोगकर्ताहरूले बताएका छन् ।

कम्पनीका अनुसार एपलाई सुरक्षित, छिटो र आधुनिक फिचरयुक्त बनाइराख्न यस्तो कदम आवश्यक भएको हो । पुराना अपरेटिङ सिस्टममा नयाँ फिचरहरू प्रभावकारी रूपमा काम नगर्ने तथा सुरक्षा अपडेट नआउने भएकाले ह्याकिङ र डाटा चोरीको जोखिम बढ्ने कम्पनीको तर्क छ ।

अब ह्वाट्सएपले एन्ड्रोइड ६.० वा सोभन्दा माथिका डिभाइसलाई मात्र सपोर्ट गर्नेछ । यसले एपको परफर्मेन्स सुधार गर्नुका साथै प्रयोगकर्ताहरूलाई भविष्यका नयाँ फिचरहरू सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यदि तपाईंको स्मार्टफोन पनि एन्ड्रोइड ६.० भन्दा पुरानो संस्करणमा चलिरहेको छ भने तपाईंले चाँडै ह्वाट्सएपबाट चेतावनी सन्देश प्राप्त गर्न सक्नुहुन्छ ।

यस्तो अवस्थामा प्रयोगकर्तासँग दुई विकल्प हुनेछन् । पहिलो, यदि फोनमा नयाँ एन्ड्रोइड संस्करण अपडेट गर्ने सुविधा उपलब्ध छ भने अपरेटिङ सिस्टम अपडेट गर्न सकिन्छ । तर यदि अपडेट सम्भव छैन भने ह्वाट्सएप प्रयोग जारी राख्न नयाँ स्मार्टफोन किन्नुपर्ने अवस्था आउनेछ ।

साथै कम्पनीले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप च्याटहरूको ब्याकअप सुरक्षित राख्न पनि सुझाव दिएको छ, ताकि फोन परिवर्तन गर्दा महत्त्वपूर्ण डाटा सुरक्षित रहोस् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय