२८ वैशाख, काठमाडौं । Punjab Kings ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार चौथो हार व्यहोरेको छ । सोमबार सम्पन्न रोमाञ्चक खेलमा Delhi Capitals ले पन्जाबलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो ।

२११ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १ ओभर बाँकी रहँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टोलीको जितमा कप्तान Axar Patel ले शानदार अर्धशतक प्रहार गर्दै ५६ रन बनाए । यस्तै David Miller ले ५१ रनको महत्वपूर्ण योगदान दिए भने Ashutosh Sharma ले २४ रन जोडे ।

दिल्लीले सुरुआतमै पावरप्लेभित्र तीन विकेट गुमाएर दबाबमा परेको थियो । तर कप्तान अक्षरले इनिङ सम्हाल्दै टोलीलाई खेलमा फर्काए । अन्तिम तीन ओभरमा ३८ रन आवश्यक रहेको अवस्थामा दिल्लीले आक्रामक ब्याटिङ गर्दै १८औं ओभरमा २१ रन बटुल्यो र १९औं ओभरमै बाँकी लक्ष्य पूरा गर्‍यो ।

पन्जाबका लागि Arshdeep SinghYash Thakur ले समान २–२ विकेट लिए । यस्तै Marcus StoinisBen Dwarshuis ले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१० रनको विशाल योगफल तयार गरेको थियो । कप्तान Shreyas Iyer ५९ रनमा अविजित रहे भने युवा ओपनर Priyansh Arya ले ५६ रनको उत्कृष्ट इनिङ खेले ।

Cooper Connolly ले ३८ रन बनाए भने Suryansh Shedge २१ रनमा नटआउट रहे । Prabhsimran Singh ले १८ रन जोडे ।

दिल्लीका लागि Mitchell StarcMadhav Tiwari ले समान २–२ विकेट लिए भने Mukesh Kumar ले १ विकेट हात पारे ।

यस जितसँगै दिल्ली १२ खेलबाट १० अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । लगातार चौथो हारपछि पन्जाब भने ११ खेलबाट १३ अंकसहित चौथो स्थानमै सीमित बनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय