३ जेठ, रसुवा । Rastriya Swatantra Party (रास्वपा) ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ। यसअघि जिल्ला समिति विघटन गरेको पार्टीले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको हो।

नवनिर्वाचित समितिको उपसभापतिमा दावा लामा चयन भएका छन् भने सचिवको जिम्मेवारी रविन्द्र लोप्चनले पाएका छन्। सहसचिवमा रविन्द्र तामाङ चयन भएका छन्। त्यस्तै सदस्यहरूमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले रहेका छन्।

नयाँ नेतृत्व चयन प्रक्रिया सञ्चालन गर्न पार्टीले स्वस्तिका लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। समितिका अन्य सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी रहेका थिए।

जिल्ला भेला तथा तदर्थ समिति गठनका लागि पार्टीका केन्द्रीय नेताहरू पनि रसुवा पुगेका थिए। कार्यक्रममा पार्टीका महामन्त्री Bhupadev Shah, संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद Yagya Mani Neupane, बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछाने तथा बागमती प्रदेश महामन्त्री सुरेन्द्र भट्टलगायत नेताहरूको उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै महामन्त्री शाहले प्रधानमन्त्री Balen Shah नेतृत्वको सरकारले राम्रो सुरुवात गरेको दाबी गरे। उनले सरकार पूर्ण रूपमा सफल भइसकेको दाबी नगरे पनि जनताका अपेक्षा पूरा गर्ने दिशामा सकारात्मक सुरुवात भएको बताए।

उनले देश विकासका लागि संघ, प्रदेश र स्थानीय तह सबैमा रास्वपाको बलियो उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै आगामी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा पार्टीले व्यापक सफलता हासिल गर्नुपर्ने बताए। शाहले संघीय निर्वाचनमा सफलता हासिल गरिसकेको रास्वपाले अब देशव्यापी रूपमा जनताको विश्वास जित्न अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय