५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मंगलबार अपरान्ह ४ बजे बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि नियमित प्रशासनिक विषयदेखि सरकारका प्राथमिकता र नीतिगत निर्णयसँग सम्बन्धित विषयहरूमा छलफल हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री शाहको नेतृत्वमा बसेको यो बैठकलाई सरकारको पछिल्ला नीति तथा कार्यक्रम कार्यान्वयन, मन्त्रालयगत समन्वय र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा केन्द्रित हुने बैठकका रूपमा हेरिएको छ ।
सामान्यतया मन्त्रिपरिषद् बैठकमा विकास आयोजना, बजेट कार्यान्वयन, सार्वजनिक सेवा सुधार, कानुनी तथा नीतिगत निर्णयहरू र आकस्मिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाबारे समेत छलफल हुने गर्छ ।
हाल मुलुकमा विभिन्न विकास परियोजना, सेवा प्रवाह सुधार र प्रशासनिक सुधारका विषयहरू बहसमा रहेका बेला बसेको यो बैठकलाई महत्वपूर्ण मानिएको छ । तर, बैठकमा के–के निर्णय हुन्छन् भन्नेबारे भने बैठकपछि मात्र स्पष्ट हुने बताइएको छ ।

