काठमाडौँ । पौराणिक कथामा आधारित चर्चित नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले आफ्नो पाँचौँ प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको हो । नाटक यहि जेठ १४ गतेदेखि नियमित रूपमा मञ्चन हुने बताइएको छ । नाटकको निर्देशन नवीन भट्ट ले गरेका हुन् ।

आयोजकका अनुसार नाटकमा नेपाली कला क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको संयुक्त अभिनय रहनेछ । मुख्य भूमिकामा वरिष्ठ अभिनेता रमेश बुढाथोकी, चर्चित हास्य कलाकार मनोज गजुरेल, साथै सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरीसुप्रज्ञा शर्मा देखिनेछन् ।

नाटकको लेखन कुलदीप कुनाल ले गरेका हुन् भने अनुवाद प्रकाश दाहाल ले गरेका छन् । निर्माण पक्षले नाटकलाई प्राविधिक रूपमा समेत सशक्त बनाइएको दाबी गरेको छ ।

नाटकको सहायक निर्देशन किरण चापागाईँ ले सम्हालेका छन् भने सेट डिजाइन तुफान थापा र लाइट डिजाइन दीपेश गजुरेल ले गरेका छन् ।

संगीत संयोजन अनुप तिमिल्सिना ले गरेका छन् भने कोरियोग्राफी अनिशा क्षेत्री ले सम्हालेकी छन् । नाटकको निर्माण रमेश पुरी ले गरेका हुन् ।

निर्माताका अनुसार ‘महाभारत’ले पौराणिक कथालाई आधुनिक रंगमञ्चीय शैलीमा प्रस्तुत गर्दै दर्शकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय