काठमाडौँ — नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यससँगै सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार ३४० रुपैयाँ रहेको थियो । निरन्तरको मूल्य वृद्धिले सुन बजारमा चासो र अस्थिरता दुवै बढाएको देखिएको छ ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकिएको छ ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक अनिश्चितता, मुद्रास्फीति र लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय