८ जेठ, काठमाडौं । Cristiano Ronaldo ले अन्ततः Al Nassr FC बाट साउदी प्रो लिगको उपाधि जित्न सफल भएका छन् ।
बिहीबार भएको सिजनको अन्तिम खेलमा अल नासरले Damac FC लाई ४–१ ले पराजित गरेपछि रोनाल्डोले पहिलो पटक साउदी प्रो लिग ट्रफी उचालेका हुन् ।
सन् २०२३ को सुरुवातमा Manchester United F.C. छाडेर अल नासर पुगेका रोनाल्डोले लिग उपाधिका लागि तीन वर्षसम्म प्रतीक्षा गर्नुपरेको थियो । लगातार व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि टोलीले उपाधि जित्न सकेको थिएन । तर यस सिजन भने अल नासरले शानदार अन्त्य गर्दै इतिहास रचेको हो ।
अन्तिम खेलपछि अल नासरले ३४ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानको Al Hilal SFC लाई २ अंकले पछि पार्दै उपाधि आफ्नो नाममा गर्यो । अल हिलालले आफ्नो खेलमा Al Fayha FC लाई १–० ले हराए पनि उपाधिका लागि त्यो पर्याप्त भएन ।
निर्णायक खेलमा अल नासरका लागि रोनाल्डोले ६३औं र ८१औं मिनेटमा दुई गोल गरे । त्यसअघि Sadio Mané ले ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने Kingsley Coman ले ५२औं मिनेटमा अर्को गोल थपेका थिए ।
दमाकका लागि Morlaye Sylla ले ५८औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए ।
४१ वर्षीय रोनाल्डोले साउदी अरबमा बिताएको तीन सिजनमा अल नासरका लागि १०० भन्दा बढी गोल गरिसकेका छन् । उनले यसअघि युरोपका शीर्ष लिगहरूमा पनि ठूलो सफलता हासिल गरिसकेका छन् । रोनाल्डोले इंग्ल्यान्ड, स्पेन र इटालीका घरेलु लिग उपाधि जितिसकेका छन् ।
अब रोनाल्डो आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने 2026 FIFA World Cup खेल्ने तयारीमा छन् । उनी Portugal national football team को टोलीमा समावेश भइसकेका छन् र आफ्नो करिअरको छैटौं विश्वकप खेल्ने तयारीमा रहेका छन् ।

