सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्।

प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहको भनाइलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार प्रधानमन्त्रीले इतिहासमै पहिलो पटक सार्वजनिक रूपमा यस्तो प्रकारको अभिव्यक्ति दिएका छन्, जसले आम नागरिकमा अन्योल र सन्देह सिर्जना गरेको छ।

कँडेलले भने, “उहाँले जुन कुरा भन्नुभयो, त्यो विषयमा सम्बन्धित पक्षले समेत आधिकारिक रूपमा दाबी गरेको अवस्था छैन। यस्तो अवस्थामा आम नागरिकलाई आशङ्कित बनाउने अभिव्यक्ति जिम्मेवार पदमा बसेकाबाट आउनु उचित हुँदैन।”

यसअघि बिहीबार पूर्वमुख्यमन्त्री राजकुमार शर्माले पनि संसदमा राष्ट्रवादसँग सम्बन्धित विषयमा प्रदेश सरकारको स्पष्ट धारणा नआएको भन्दै संसद् अवरुद्ध गरेका थिए।

प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिमा नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने संकेत गरेका थिए भन्ने विषयलाई लिएर अहिले राजनीतिक बहस चर्किएको छ। त्यसैको प्रतिक्रियास्वरूप कर्णाली प्रदेशसभामा समेत विषय उठान भएको हो।

मुख्यमन्त्री कँडेलले यस्ता संवेदनशील विषयमा बोल्दा प्रमाण, तथ्य र कूटनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय