काठमाडौं : राष्ट्रिय सभाको बैठकमा आज गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित आठ मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ प्रस्तुत गर्नेछन्।

कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिइनेछ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्ने तय गरिएको छ।

यसैगरी रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि आजै प्रस्तुत गरिनेछ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन्।

अर्थमन्त्रीले प्रतिनिधि सभाबाट प्राप्त अन्य आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकलाई समेत अगाडि बढाउने कार्यक्रम रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय