पोखरा महानगरपालिका–१५, दुईगेसाँघु (दुईटाखु) स्थित सृजनशील बालविकास कार्यक्रम (Creative Children Development Program – CCDP) को पाँचौँ सामाजिक लेखाजोखा/परीक्षण तथा चौधौँ वार्षिक साधारण सभा विभिन्न विशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा सञ्चालित दुईदिने कार्यक्रममा संस्थाको पारदर्दर्शिता, बाल अधिकार संरक्षणमा खेलेको भूमिका, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाबारे व्यापक समीक्षा गरिएको थियो।
पाँचौँ सामाजिक परीक्षण कार्यक्रम र वक्ताहरूको मन्तव्य
मिति २०८३ भाद्र २७ गते शनिबार (१२ सेप्टेम्बर २०२६) का दिन संस्थाको बाल गृह भवन, पोखरा–१५ मा आयोजित पाँचौँ सामाजिक लेखाजोखा/परीक्षण कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित विभिन्न सामाजिक तथा बाल विकाससम्बन्धी गतिविधिहरूको सार्वजनिक परीक्षण गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाले बालबालिकाको क्षेत्रमा सृजनशील बालविकास कार्यक्रमले गर्दै आएको काम उदाहरणीय रहेको बताउनुभयो। उहाँले संस्थाले पारदर्शिता अपनाउँदै समुदायमा पुऱ्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश समन्वय बाल अधिकार अधिकृत (राष्ट्रिय बाल परिषद) बद्री प्रसाद वाग्लेले बाल अधिकार र संरक्षणको क्षेत्रमा यस संस्थाले स्थानीयस्तरमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले बालबालिकाको मुहारमा खुसी ल्याउन र उनीहरूको चौतर्फी विकासका लागि संस्थाले समुदायसँग जोडेर गरेका गतिविधिहरू अत्यन्तै सराहनीय रहेको धारणा राख्नुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा बालअधिकार अधिकृत बेल कुमारी गुरूङले पनि संस्थाको कार्यप्रणाली र बाल कल्याणका कार्यक्रमहरूको तारिफ गर्नुभएको थियो। विद्यालयका शिक्षकहरू, स्थानीय छिमेकीहरू, सप्लायरहरू तथा सेवार्थी अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण सहजकर्ता निकिता कोइरालाले गर्नुभएको थियो।
चौधौँ वार्षिक साधारण सभा
कार्यक्रमको दोस्रो दिन मिति २०८३ भाद्र २८ गते आइतबार संस्थाको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भयो। साधारण सभामा पनि प्रमुख अतिथि वडा अध्यक्ष तोरण बहादुर बानिया तथा विशेष अतिथि ग्रीष्म केशव पराजुली लगायतले संस्थाको उत्तरदायीपूर्ण कार्यशैलीको प्रशंसा गर्नुभएको थियो।
सभामा संस्थाका आजीवन तथा साधारण सदस्यहरू, सेवार्थी अभिभावक र कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा संस्थाका संस्थापक निर्देशक शंकर पन्थले संस्थाको स्थापना कालदेखि हालसम्म भएका गतिविधि र विकासक्रमबारे संक्षिप्त जानकारी गराउनुभएको थियो। त्यसपछि, संस्थाका कोषाध्यक्ष वीर बहादुर नेपाली र सचिव विनोद नेपालीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत प्रतिवेदनहरूमाथि गहन छलफल गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना तथा वार्षिक बजेट पारित गरिएको थियो। कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष राम प्रसाद शर्माले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने महानगरपालिका, वडा कार्यालय, बाल अधिकारकर्मीहरू, सरोकारवाला तथा

