काठमाडौं । होर्मुज क्षेत्रमा जहाजसहित नियन्त्रणमा लिइएका क्रु सदस्यहरूमध्ये एक जना नेपाली नागरिक पनि रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। पक्राउ परेका नेपालीको नाम अमृत झा रहेको मन्त्रालयको पश्चिम एसिया महाशाखाले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अमृत झा होर्मुज क्षेत्रमा पानीजहाजमा कार्यरत थिए। सो क्रममा इरानी अधिकारीहरूले जहाजका सम्पूर्ण क्रु सदस्यलाई नियन्त्रणमा लिँदा उनी पनि पक्राउ परेका हुन्। यसबारे झाका आफन्तले मन्त्रालयलाई जानकारी गराएपछि विषय सार्वजनिक भएको हो।
मध्यपूर्वमा बढ्दो तनावका बीच होर्मुज क्षेत्रको सुरक्षा संवेदनशीलता थप चर्किएको बेला यो घटना सार्वजनिक भएको हो। परराष्ट्र मन्त्रालयले घटनाबारे थप विवरण संकलन र कूटनीतिक पहल अगाडि बढाइरहेको जनाएको छ।

