काठमाडौं — नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।

महासंघले आजका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो गिरावटसँगै सुनको मूल्य छोटो अवधिमा उल्लेख्य उतारचढाव देखिएको छ।

बजार तथ्यांकअनुसार गत मंगलबार सुन ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने यस वर्षको माघ १५ गते सुन हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँले घट्दै आज ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार ५ हजार १६० रुपैयाँ रहेको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको दबाबका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर अस्थिरता देखिँदै आएको छ, जसले उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पारेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय