१६ वैशाख, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

उनले सरकार मानव अधिकारको उल्लङ्घन हुने गतिविधिमा संलग्न भएको आरोप लगाउँदै सेना र प्रहरीको अत्यधिक प्रयोगका कारण सर्वसाधारणमा डर र असुरक्षा फैलिएको बताएका छन्।

सुकुम्बासीको तथ्यांक संकलनका क्रममा समेत सुरक्षा निकाय परिचालन गरिएको भन्दै उनले राज्यले दमनकारी व्यवहार अपनाएको टिप्पणी गरेका छन्।

यस किसिमका गतिविधिले देशको अन्तर्राष्ट्रिय छवि कमजोर बनाएको दाबी गर्दै उनले सरकारले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय