काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले उक्त आईपीओमा आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न पाइने व्यवस्था गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय