काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज केहीबेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा आज बिहान ९ बजेपछि सार्वजनिक हुने छ । त्यसपछि विद्यार्थीहरूले आफ्नो नतिजा अनलाइन, एसएमएस र अन्य माध्यमबाट हेर्न सक्नेछन् ।

नतिजा सार्वजनिक हुने खबरसँगै परीक्षा बोर्ड परिसरमा विद्यार्थी र अभिभावकहरूको भीड बढेको छ । बोर्डले यसअघि नै बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको जनाएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा दिएका थिए ।

लिङ्गअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य वर्गका विद्यार्थी सहभागी थिए ।

नतिजा कसरी हेर्ने ?

एसएमएस र IVR मार्फत:

  • नेपाल टेलिकम: १६००
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS)
  • एम्बिसन गुरु: ३१०६१ (SMS)

वेबसाइटमार्फत:

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय