काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच आज उच्चस्तरीय भेटवार्ता भएको छ।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह र सभामुख अर्यालबीचको भेट अहिले सिंहदरबारमा जारी छ। भेटको औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन।
तर, देशको पछिल्लो राजनीतिक परिस्थिति, संसदको कार्यसम्पादन तथा सरकार–संसद समन्वयका विषयमा छलफल केन्द्रित भएको अनुमान गरिएको छ।
दुवै शीर्ष नेतृत्वबीचको यो भेटलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ, जसले आगामी नीति–निर्णय र संसदीय प्रक्रियामा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

